एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १७ :
मधेशको राजधानी जनकपुरधाममा एक त चर्को गर्मी र घाम त्यस माथी जनकपुरधाम उद्योग बाणिज्य संघको निर्वाचनको सरगर्मी उच्च छ । नयाँ नेतृत्व र कार्यसमितिका लागि अगामि २९ गते हुन लागेको निर्वाचनमा १७ पदका लागि कुल ४३ जनाले उम्मेदवारी दिएर मैदानमा सक्रिय छन् ।

अध्यक्ष पदमा तिनजनाको उम्मेदवारी परेको छ । गत निर्वाचनमा अध्यक्षमा पराजित भएका जितेन्द्र प्रसाद साह र सोहि निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा चर्चित रुपमा एक अर्कालाई टक्कर दिएका मनिष रमण साह र सुरेन्द्र भण्डारी चुनावी मैदानमा छन् ।

उम्मेदवार जितेन्द्र प्रसाद साहले सोमवार पत्रकार सम्मेलनको आयोजना गरि आफु विरुद्व गलत अफवाह फैलाउने काम भइरहेको बताएका छन् । जितेन्द्र कसैलाई समर्थन गरिदिन्छ, अव चुनावी प्रतिस्पर्धामा छैन जस्ता हल्ला फैलाउने कामहरु भइरहेको प्रति आपत्ती जनाउदै जितेन्द्रले भने, ‘अन्य दुईजना उम्मेदवार मेरो अगाडि बौवा नै हो ।’

उनले यसपाली कुनै पनि पार्टी र नेताले नभई व्यापारीको ईच्छाले चुनाव जित्ने भन्दै आफु चुनाव जित्ने पक्का रहेको बताएका छन् । मैले गत चुनावमा पाएको १७ सय मत सबै जनकपुरधाम नगर भित्रकै मत हो उनले भने, ‘म यस पाली त्यै मतले चुनाव जित्दै छु ।’ कुनै पनि नेता, पावर र पैसा यसपालि काम नलाग्ने उनको तर्क छ ।