एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ७ :
नेकपा एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठले जनताको विकास भए देश आफै समृद्ध हुने बताएका छन । जनकपुर जेसिजले आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा बोल्दै महासेठले देश विकास नै अहिलेको लक्ष्य रहेको र यसकालागी नेपाली जनताको विकास हुनु आवश्यक रहेको बताए । देशका केही व्यक्ती समृद्ध हुँदैमा पूरै देशको विकास भएको भन्नू गलत हो, उनले भने’ देशमा २ सय व्यक्ती अर्बपती होला तर अहिले पनि अधिकांश नेपाली जनताको जीवनस्तर उकासिएको छैन ।’
पूर्व उपप्रधानमन्त्री समेत रहेका महासेठले एमाले नेतृत्वकै सरकार यस अघि मुलुक भरी भौतिक निर्माणमा प्रगती गरेको स्मरण गराए । उनले विकास जुनसुकै दल वा नेताको नेतृत्वमा भए पनि यसमा हामी सबैले साथ दिनु पर्छ । उनले भने ‘विकास कुनै दल वा कुनै एक नेताकालागी हुँदैन, मुलुक समृद्ध भयो भने सबै नेपाली जनता पनि समृद्ध हुनेछन । यही लक्ष्य सबै नेता वा राजनीतिक व्यक्तिको हुनु पर्छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुर, पूर्व प्रदेससभा सदस्य परमेश्वर साह लगायतले बोलेका थिए ।





