एसपी रिपोर्टर
जनकपुरधाम, साउन २८ : मुख्यमन्त्री सतिश कुमार सिंहको कार्यले संघियता धरापमा पर्ने भन्दै जसपा नेपालका युवा विद्यार्थीहरु जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । समाजवादी युवा संघ तथा समाजवादी विद्यार्थी युनियनको अगुवाईमा युवा विद्यार्थीहरुको एक समुह जनकपुरधाममा सिट्टी जुलुस प्रदर्शन गर्दै विरोध गरेका छन् ।
जनकपुरधामको जनकचौकबाट सुरु भएको विरोध रयाली मधेश भवन तर्फ अगाडि बढदा मिल्स एरियामा प्रहरीले अवरोध गर्न खोजेपनि युवा विद्यार्थीहरु प्रहरीको घेरा निष्तेज पार्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडि पुगेर विरोध गरेका छन् ।

केपि ओलीका मतियार मुख्यमन्त्री, संघियता मास्न पाइदैन सहितका नारा र प्लेकार्ड सहित युवा विद्यार्थीहरुले विरोध गरेका छन् । पुर्वनिर्धारित कार्यक्रम अनुसार आज सिट्टी र खबरदारी जुलुस प्रर्दशन गरेका उनीहरु भोली मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र पर्सी धर्ना सम्मको कार्यक्रम तय गरिसकेको छ ।



