एसपी रिपोर्टर
जनकपुरधाम, साउन २७ : संघियता अगाडि नेपाल धनी थियो ? विकसित थियो ? दरिद्रता थिएन ? गरिवी थिएन ? जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले धमाधम अन्तरवार्ताकारलाई प्रश्न तेर्साइरहेको एक अन्तरवार्ता चर्चामा छ ।
संघियताको पक्षमा डटेर बोलेका यादवको यो आक्रोसित रुप धेरै दिन पछि देखिएको परिचर्चा छ । उनलाई तपाँई सत्ताबाट बाहिरनु भयो, अव पाँच जना मात्र सांसद वाँकी छ, पतन तिर लाग्नु भएको हो ? भन्ने प्रश्नमा यादवले भनेका छन्, ‘जो सत्तामा हुन्छ उस्को पत्तनको सम्भावना अत्याधिक हुन्छ ।’
संघियताले हदै सम्मको समावेशिता, स्वायतता ल्याएकै हो, उनले भने, ‘नेपालमा अहिले आएको संघियता कागजी मात्र हो, म त भन्छु संघियता नै होइन यो ।’ संघियताले कामै गरेन भन्ने कांग्रेस, कम्युनिष्ट सहितका राज्यसत्ताको दाउ सबैलाई थाहा रहेको उनको तर्क छ । उनले अहिले नेपालमा ल्याइएको संघियता विकृतमुलक रहेको बताए । यसलाई संसोधन पुर्नलेखन गरेर सहि गर्नुपर्ने उनले थपे ।





