एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३ : नेपाली कांग्रेस मधेश प्रदेशको संसदिय दलको बैठक प्रारम्भ भएको छ । पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा सुरु भएको बैठकमा अधिकांश सांसदहरु उपस्थित छन् । सो बैठकले मधेश सरकारलाई दिइएको समर्थन फिर्ता सम्मको निर्णय लिन सक्ने चर्चा छ ।
बैठक सुरु हुनु भन्दा अगाडि एसपी खवरसंग संक्षिप्त कुराकानी गर्दै कांग्रेस मधेश प्रदेशका सभापति समेत रहेका संसदिय दलका नेता कृष्ण यादवले अर्थ मन्त्रालय सहित चार मन्त्रालयमा सहमित गरेर सपथ ग्रहणका लागि समय तोकिसकिएको एलेभेन्थ आवरमा आएर मुख्यमन्त्रीले अर्थ मन्त्रालय हुन्न भन्नु अपमानजनक व्यवहार रहेकाले जस्तो सुकै कदम उठाउन सकिने बताए ।
एता कांग्रेसका एक नेताले दिएको जानकारी अनुसार जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सोहि विषयमा छलफलका लागि बालुवाटार पुगेको बताइएको छ । पहिला प्रधानमन्त्री केपि ओली संग कुरा गर्ने त्यसपछि छलफलका लागि उनी कांग्रेस सभापति शेर बहादुर देउवा निवासी बुढानिलकण्ठ पनि जाने बताइएको छ ।
