एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३२ :
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला जनकपुरधाम आईपुगेका छन् । पार्टीको विभिन्न कार्यक्रममा सहभागिताका लागि उनी जनकपुरधाम आइपुगेका हुन । जनकपुरधाम विमानस्थलमा धनुषाका नेता कार्यक्रताले उनलाई स्वागत गरेका छन् ।

https://www.facebook.com/spkhabarnepal/videos/995102378810900

मोटरसाइकल र चार पाँग्रे सवारी साधनको लस्कर सहित सैयौंको संख्यामा नेता कार्यक्रताहरु उनको स्वागतका लागि विमानस्थल पुगेका थिए । विमानस्थलमा संक्षिप्त रुपमा बोल्दै उनले नेपाली कांग्रेसले घर फिर्ता अभियान लचाएर विभिन्न दल तर्फ लागेकाहरुलाई पार्नी फर्काइने बताए ।

पार्टीको प्रतिको आकर्षण बढाउन अग्रसरता देखाउनुपर्ने उनको तर्क थियो । उनी आजै नेपाली कांग्रेसको जनकपुरधाम पिडरिया माई स्थान स्थित पार्टी कार्यालयमा दिउँसो १ बजे कार्यक्रताहरु संग भेटघाट गर्ने कार्यक्रम छ ।