एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २७ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा सबै किशिमको विभेद र असमान्ताको अन्त्य नभए सम्म कुनै पनि सुधार र विकास हुन नसक्ने बताएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालको पहिलो राष्ट्रिय महाधिवेशनको समुदघाटन सत्रलाई सम्बोधन गर्दै पुर्व उपप्रधामन्त्री समेत रहेका उनले भने, ‘१० प्रतिशत मुठ्ठीभर परिवारका कारण देश दरिद्रको दरिद्रनै छ ।’
भारत जस्तै नेपालमा पनि वर्ग मात्र होइन वर्ण अनुसार पनि शोसन र उत्पीडन रहेको भन्दै उनले भने, ‘दुई तिहाई भन्दा बढि जनता पिछडिएका छन, देशमा विकास कसरी हुन्छ ?’ पर्यटन, पानी, प्राकृतिक सम्पदा, उर्वर भुमि सहितका अनेकन विकासका आधारहरु हुँदाहुदै बिश्वमै दरिद्र देशहरुको सुचीमा नेपाल पर्नु त्यसैको एक प्रष्ट प्रमाण हो, उनले थपे ।
राज्य र नेतृत्व सुध्रिए नेपालबाट कोहि पनि बाहिर जानु नपर्ने, किसान र मजदुरहरुसंग भइरहेको ज्यादती र अन्याय अन्त्य भए देश र जनता पुनः आत्मनिर्भर बन्न सक्ने उनको तर्क थियो । आफुहरुको भुमिका अव विपक्षीको भएको भन्दै सडक देखि सदन देखि जनताको हक अधिकारका लागि आफु यसरी नै अग्रसर रहने उनले संकल्प गरेका छन् ।

लुटतन्त्र बन्द अनि अवसर र अधिकारमा सबै तप्कालाई समावेश तथा कृषि र उद्योगको विकास नभए सम्म देश दरिद्र नै रहिरहने जसपा नेपालको बुझाई रहेको उनले बताए । राजतन्त्रको समाप्ती र लोकतन्त्रको स्थापना भएर केहि समावेशिता जस्तो देखिएपनि अझै पनि नितिगत विभेदहरु जारी रहेको उनको टिप्पनी थियो ।
उनले भारत, मलेशिया, स्पेन सहितका देशहरुबाट आएका समाजवादी नेता तथा चिन्तकहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गरे । भारत र युरोपियन देशहरुमा समेत समाजवादको आवश्यकता दर्शाउदै यादवले भोली विहान सात बजे देखि हुने बन्द सत्रमा आफुले पेश गर्न लागेको राजनितिक दस्तावेज र नितिहरुको छलफलमा भाग लिन प्रतिनिधीहरुलाई आग्रह गरेका छन् ।

