एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २१ : सोमवार मधेश प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक बस्यो, सांसदहरु धेरै विश्राम पछि प्रदेशसभा तिर केन्द्रिय थिए तर उनीहरु निति तथा कार्यक्रम भन्दा पनि सत्ता निर्माण र सत्ता च्युतको खेलामा केन्द्रित देखिए । एमालेले जनमतलाई मुख्यमन्त्री दिएर आफनो सत्ता बचाउन उद्दत देखिन्छ भने कांग्रेस लोसपा र नेकपा एसलाई रोकेर ‘गेम’ गर्न लागि परेको छ ।
मधेशको राजनिति माधव नेपाल नेतृत्वको नेकपा एस र महन्त ठाकुर नेतृत्वको लोसपाले होल्ड गरेर राखिरहेको छ । सुरुमा एमाले, माओवादी, जनमत संगै विज्ञप्ती र फोटो जारी गरेको लोसपा मुख्यमन्त्रीमा जनमतको नाम सुनेपछि बिचकिएको छ । सरकार बनाउन प्रारम्भ भएको बैठकमा आफुहरु रहेपनि कुनै पार्टीलाई मुख्यमन्त्री नै दिइने सहमती भएको बैठक र सहमतीमा आफुहरुको कुनै सहभागिता रहेको भन्दै लोसपा मुख्यमन्त्री किटान गरेर सहमती हुन नसक्ने बताइरहेको छ ।
एमाले र माओवादीलाई भने कति बेला सरकार बन्ने भन्ने हतार छ । जनमतलाई मुख्यमन्त्री, आफु भौतीक पुर्वाधार र माओवादीलाई अर्थ तथा नेकपा एसलाई स्वास्थ्य दिएर सरकार बनाउन आतुर देखिएको एमाले र माओवादी नेकपा एसको ढुलमुलाईका कारण सशंकित छन् ।

माओवादीका नेता भरत साह विगत सात वर्षको जसपा सरकारले गरेको भ्रष्टाचार र संघियता विरुद्वको अभ्यासका कारण नयाँ सरकार बनाउन आफुहरु केन्द्रित रहेको बताउछन् । मुख्यमन्त्री ताकिरहेको जनमतले मुख्यमन्त्रीले २३ गते बिश्वासको मत लिने घोषणा गरिसकेकाले बर्हिगमणको बेला किन अपमान गर्ने भन्दै २३ गते पर्खिरहेको जनमत पार्टी मधेश प्रदेशका नेता महेश यादव बताउछन् ।
राजबिराजमा कृषि बिश्वविद्यालयको शिलान्यास कार्यक्रमका दिन भएको घटना छानबिनका लागि संसदिय समितिको मांग गर्दै जनमतले सोमवार पनि बैठक अवरुद्व गरेपछि समिति बनाउने सहमती भएको लोसपा सांसद उपेन्द्र महतोले बताए । प्रमुख प्रतिपक्षी कांग्रेसको भने आफनै दाउ छ । लोकतान्त्रिक शक्तिहरु सहितको सामुहिक सरकार बनाएर मधेश प्रदेशले खोजेको चाहेको सरकार बनाउन कांग्रेस कुनै पनि सहकार्य र सहमतीका लागि तयार रहेको भन्दै कांग्रेसले लोसपा र नेकपा एसलाई फकाइरहेको छ ।

सोमवारको प्रदेशसभा बैठकमा नेकपा एसका सांसदको न्युन उपस्थिती देखिएको छ । एमालेको २५, जनमतको १३ र माओवादीको ९ सहित ४७ सांसद सहित सरकार बनाउन तयार यि समुहलाई ७÷७ सिट भएको लोसपा र नेकपा एसको साथ नभई हुदैन । तत्काल संघिय सत्तामा समेत सहभागि रहेको नेकपा एस कांग्रेस र जसपा संगको निकटताका कारण दबाबमा छ भने लोसपा आफनो प्रभावमा नयाँ केहि गर्न सकिन्छ कि भन्ने दाउ पर्खिरहेको देखिन्छ ।





