एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १० : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफतारी बारे बुझन पुर्व गृहमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधि जिल्ला जनकपुरधाम आउने भएका छन् । विहिवार १० बजे बिहान जनकपुरधाम विमानस्थलबाट सिधै जिल्ला प्रहरी कार्यालय धनुषा पुग्ने निधिको कार्यक्रम छ ।
देशको प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र तथा संघियताको आन्दोलनमा अग्रनी भुमिका निभएको कान्तिपुर मिडियाले स्वतन्त्र रुपमा समाचार सम्प्रेशन गर्दा त्यो आफु लक्षित भन्दै गृहमन्त्री रवि लामिक्षानले नियोजित रुपमा सिरोहियालाई गिरफतार गर्न लगाएको भन्दै देश भरिमै कांग्रेस आन्दोलनमा जाने निर्णय समेत गरिसकेको छ ।
आज विहिवार सम्म थुनामा राख्न अदालतले आदेश दिएको सिरोहियाको रिहाई वा थप थुनामा राखिने बारे छिनोफानो आज सार्वजानिक विदा भएकाले शुक्रवार मात्रै टुङ्गो लाग्ने छ ।


