मधेशमा नयाँ सरकार बनाउन एकै पटक जोडिएका यि चार दलिय हातहरु


एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३० : माथीको तस्वीरमा हात जोडेर हामि एक हौं भन्ने चेहराहरु मधेशका सक्रिय रहेका राजनितिक दलका नेता तथा प्रदेश सांसदहरुका हुन । यसमा संघिय सत्ता घटक दलका नेताहरु त छदै छन, हालका संघिय सत्तामा अटाउन नसकेका मधेश केन्द्रित दलहरु जनमत र लोसपाका सांसद र नेताहरु पनि एमाले र माओवादीसंग हातेमालो गरिरहेको देखिन्छ ।
मधेशमा कांग्रेस र जसपा बाहेको सरकार बनाउन जनमत र लोसपा अपरिहार्य रहेको देखेर एमाले र माओवादीले उनीहरुलाई पनि साथमा लिएको छ । गत करिव सात वर्ष देखिको निरन्तर मधेशको नेतृत्व गर्दै आएको जसपा नेपालको हातवाट सत्ता फुत्कने सम्भावना बढेको छ ।
मधेश केन्द्रित दल जसपालाई नेतृत्वबाट हटाएर एमालेले नेतृत्व लिन लागेको अगामि समिकरणमा जनमत र लोसपा अटाउनुको कारण भने जसपाले यि दलहरु प्रति विगतमा गरेको व्यवहार र असन्तुष्टि नै प्रमुख कारण हो । जनमतका एक नेतालाई संघिय सत्तामा नराखेपनि मधेशमा किन लालायित हुनुहुन्छ ? भन्ने प्रश्नमा भने, ‘हामि जसरी पनि जसपा नेपालको बिकल्पकै लागि यस्तो गर्न लागेका हौं ।’

जसपाको सत्तामा ब्रेक लगाउन लागेको एमालेका संसदिय दलका नेता सरोज यादवले संघिय सत्ताकै आधारमा प्रदेशहरुमा पनि नयाँ समिकरण बन्ने भएकाले यस्तो गरेको बताएपनि जनमत र लोसपा उनले भनेको जस्तो पार्टी रहेनछ । यद्यपि जनमत र लोसपा जसपा नेपालको यसअघिको दम्भ र आफुहरु प्रतिको रबैयाले दिक्क लागेर एमाले र माओवादीलाई सघाउन लागेको बताउछन् ।
माओवादी केन्द्रका नेता भरत साहले जसपा नेतृत्वको विगतको निरन्तरको सरकार संघियता बचाउन भन्दा पनि भ्रष्टाचारलाई प्रसय दिने र संघियता प्रतिको वितृष्णा जगाउने किशिमको गतिविधी गरेकाले बिकल्प खोज्न लागेको बताए । सार्वजानिक रुपमै यि चारदलका सांसद र नेताहरु हात मिलाएर सरकार बनाउने गणित आफुहरु संग छ भन्ने संकेत गरिरहेको छ भने अर्का तिर लोसपाका केहि नेताहरु समाजिक सञ्जालमा लोसपा मधेश विरोधीहरुसंग जान नसक्ने भन्दै पुनः गुटगत शक्तिको संकेत गरेको छ ।
यि चार दलको योजना तुहाएर आफनै नेतृत्वको सरकार बनाउन हालका मुख्यमन्त्री सरोज कुमार यादवलाई वाँकी रहेका दलहरु कांग्रेस र नेकपा एसले पनि पुग्दैन । जसपाको हाल रहेको मधेशको १९ वटै सांसद रहेपनि सरकार बनाउन यि चार मध्ये कुनै एक दल कित्ता परिवर्तण गर्नुपर्ने हुन्छ नभए उनको वर्तमान सरकार बाँच्न सक्ने अर्को उपाय छैन ।
तस्वीरमा हात मिलाएका चारै दलहरुको सांसदहरुको संख्या हाल विद्यमान संसदको कुल १ सय छ सांसद मध्ये सरकार बनाउन चाहिने ठयाक्कै ५४ सिट पुगिरहेको छ भने नागरिक उन्मुक्ती र संघिय समाजवादी पार्टीको दुई गरि कुल ५६ सांसद पुग्ने देखिन्छ । प्रदेशसभामा हाल एमाले २४, जनमत १३, माओवादी ९, र लोसपा संग ८ सांसद छन् ।
