एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २३ :
जसपा फुटेर अशोक राईको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको नयाँ जसपाको टिम विभाजन र पदको बाँडफाँडमा समेत सहमती भइसकेको बुझिएको छ । एसपीखवर स्रोतले उपलब्ध गराएको कागजात अनुसार पार्टी अध्यक्ष राई छन भने संघिय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ छन् ।

उपेन्द्र यादवसंग असन्तुष्ट रेणु यादवलाई समेत यसै टिममा समेटिएको छ । उनलाई सहध्यक्ष बनाइएको छ भने बहालबाला बन मन्त्री नवल किशोर साह सुडीलाई पनि उपाध्यक्ष बनाइने भएको छ । साथै रणध्वज लिम्बु, परशुराम बस्नेत र शुसिला श्रेष्ठ सहित चार जना उपाध्यक्ष बनाइदा महासचिव बाँकेका मो. ईस्तियाक राईलाई बनाइएको छ ।

३० जना केन्द्रिय समितिका नेता उपस्थित एक बैठकबाट पर्साका प्रदिप यादवलाई उपमहासचिव, धनुषाका दिपक कार्कीलाई सचिव, सप्तरीकी रञ्जु ठाकुरलाई सचिव र सिरहाका विरेन्द्र महतोलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।

हेर्नोस पदको भागबण्डाको तालिका