एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २२ :
जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको पहिलो महाधिवेशन तयारी जनकपुरधाममा तिव्र गतिमा भइरहेको छ । जनकपुरधामको तिरहुतिया गाछीमा हुने महाधिवेशनको ६०–७० प्रतिशत काम भइसकेको र वाँकी कामहरु समेत धमाधम भइरहेको महाधिवेशन व्यवस्थापन समितिका संयोजक समाजसेवी नेता बलराम महतोले बताएका छन् ।

https://www.facebook.com/spkhabarnepal/videos/996520688693946

समुदघाटन सत्र तिरहुतिया गाछीको मैदानमामा भब्य पण्डालमा हुन्छ, उनले भने, ‘वाटरप्रुफ भब्य पण्डालमा करिव १२ देखि १५ हजार प्रतिनिधी सहभागि हुन सक्ने गरि बन्द सत्रका लागि पनि सोहि मैदानमा व्यवस्थापन गर्दैछौं ।’ समुदघाटन खुल्ला सत्रमा भने करिव एक लाख जना सहभागि हुने अनुमान पार्टीले गरेको छ । भोजन, पानी, मञ्च, यातायात सहित अन्य ९ वटा उपसमितिहरु सहित व्यवस्थापन समितिले तयारीको काम गरिरहेको उनले बताए ।

नेपालको विभिन्न राजनितिक दलका शिर्षनेताहरु सहित विभिन्न अन्य देशहरुका अतिथिहरुलाई समेत आमन्त्रण रहने महाधिवेशनमा हाल सम्म एक दर्जन भन्दा बढि देशका पाहुनाहरु सहभागिता जनाउने सम्भावना समेत रहेको उनको तर्क छ । खाना, नास्ताको व्यवस्थापनका साथै वर्षा र प्रतिकुल मौसम सहित अन्य प्रयोजन र सम्भावनालाई मध्येनजर गर्दै महेन्द्र नारायण निधी सांस्कृतीक केन्द्र समेत महाधिवेशन स्थलमै तोकिएको उनले बताए ।