एसपी रिपोर्टर
जनकपुरधाम, चैत ८ :
नेपाल सरकारका उपप्रधान, भौतीक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले नेपाली कांग्रेस सरकार बाहिर रहेपनि सहकार्यमै रहेको दावी गरेका छन् । दोस्रो पटक उपप्रधान मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला धनुषा आएका उपप्रधानमन्त्री महासेठ जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै महासेठले कसैको पनि बहुमत नभएको अवस्थामा प्रतिपक्षमा बसेका कांग्रेस पहिलो दलको रुपमा प्रधानमन्त्रीको प्रतिक्षारत दाबेदार भएकाले एमालेसंग सहकार्यमा बस्नु स्वभाविक रहेको बताए ।

उनले कांग्रेसले प्रधानमन्त्री बन्न उचित लागेको वर्तमान सरकारका उपप्रधान तथा गृहमन्त्रीको विरोध गर्नु कांग्रेसको लागि सुहाउदो काम नभएको बताए । उनले सहमती के भएको हो ? भन्न नचाहेपनि मधेश सरकार सहित सातवटै प्रदेश सरकार पुर्नगठनका लागि दलहरु बिच छलफल भइरहेकाले सिघ्र निश्कर्ष लाग्ने बताए ।

उनले अहिले समय परिपक्व नभइनसकेको बताउदै मधेश सरकारमा पनि एमालेले पठाउने मन्त्रीहरुको निश्कर्ष छिट्टै लाग्ने बताए । एमालेको तर्फबाट सरकारको नेतृत्व समेत गरिरहेका उनले एमाले सहितको सरकारको पहिलो लक्ष्य नै भौतीक पुर्वाधारको विकास रहेकाले त्यसमा केन्द्रित हुने बताए । हाम्रो सरकारले मधेशको हुलाकी राजमार्ग, महेन्द्र राजमार्गलाई फोरलेन, मध्य पहाडि राजमार्ग, मदन भण्डारी लोकमार्ग सहितका सडक निर्माण आगाडि बढाएको भन्दै निरन्तर जारी रहने बताए ।

सो उनका समर्थक, नेता तथा कार्यक्रताहरु माछा र दहीको भार, विशाल फुलको माला सहित स्वागत गर्न विमानस्थल पुगेपछि विमानस्थल भरिभराउ भएको थियो । आजै जनकपुरधाम स्थित पार्टी कार्यालयमा जिल्ला कार्यसमितिले उनलाई सम्मान समेत गरेको छ ।