पुरन रौनियार
जनकपुरधाम, चैत ५ :
मधेश सरकारमा एमाले पुनः प्रवेश पाएको छ । एमालेको कोटामा प्रदेश प्रमुख बनेकी सुमित्रा सुवेदी भण्डारीले आज पदभार ग्रहण गरे लगतै मुख्यमन्त्री सरोज कुमार यादवले एमाले मधेश प्रदेशसभामा संसदिय दलका नेता सरोज यादवलाई यस अघि कांग्रेस मधेशका सभापित तथा संसदिय दलका नेता कृष्ण यादवले चलाउदै आएको भौतीक पुर्वाधार विकास मन्त्रीको रुपमा आजै सपथ ग्रहण गराएको छ ।

कांग्रेसका मन्त्रीहरुलाई औपचारिक रुपमा बिना बर्खास्त गरि मुख्यमन्त्री यादव एमालेलाई प्रवेश गराई मन्त्री मण्डल पुर्नगठन गरेको हो । मुख्यमन्त्री यादवले केन्द्र्रिय सत्ता गठबन्धनमा भएको फेरबदल अनुसार नै प्रदेश सरकार पनि चल्ने भएकाले तत्काल एमालेको संसदिय दलका नेता यादवलाई भौतीक पुर्वाधार मन्त्रीको रुपमा सपथ ग्रहण गराएको वाँकी सहमती पछि हुने बताए ।

एमाले संग कति मन्त्रालय, कुन मन्त्रालय ? सहितका विषयमा हाल सम्म कुनै सहमती हुन नसकेको भन्दै उनले एमाले सहित अन्य दलको बैठक बसेर छिट्टै वाँकी कुराहरुको निश्कर्ष लगाइने बताए । यद्यपि एमालेका नेता नवनियुक्त मन्त्री यादवले मुख्यमन्त्री संग एमालेलाई चार मन्त्री र एक राज्यमन्त्री दिने सहितको सहमती भइसकेको बताए ।

दुवैजनाको कुरा सुन्दा फरक छ । एमालेको दबाबमा मुख्यमन्त्रीले तत्काल एमाले प्रवेश गराएपनि वाँकी सहमतीका लागि अन्य दलको साथ खोज्ने र एमालेसंग लफडा हुनसक्ने स्रोतको दावी छ ।

यस्तो छ कांग्रेस बिनाको नयाँ मन्त्री मण्डल