एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २० :
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २३ जनकपुरधाम–जलेश्वर सडक खण्ड बिन्धीमा बसले किच्दा एकजनाको मृत्यु भएको छ भने पाँच गम्भिर घाइते भएको छ । यद्यपि विस्तृत विवरण आउन वाँकी छ । विवाहका लागि माटो खन्न गइरहेकी महिलाहरुको समुहलाई बसले किच्दा स्थानियका अनुसार ३ जनाको घटना स्थलमै र ३ को अवस्था पनि गम्भिर नै रहेको छ ।

प्रहरीले भने मृत्कको एकिन गर्न सकिरहेको छैन । घटना पश्चात स्थानियले एम्वुलेन्स बोलाएर आ आफनो हिसावले घाइतेलाई अस्पताल पुरयाएकाले एकिन भन्न सक्ने अवस्था नरहेको प्रहरीको भनाई । अहिले सम्म एकजनाको मृत्यु भएको भने प्रहरीको भनाई छ ।

जनकपुर– जलेश्वर सडक खण्डको बिन्धिमा प्र २–०२–००१क ०४३१ नम्बरको एंजल्स स्कुलको बसले ठक्कर दिंदा अन्दाजी ३०÷३५ वर्षीया राखी देवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुर्घटनामा १ बच्चा सहित ५ जना महिलाहरु घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि आक्रोषितहरु बसमा तोडफोड गरेको छ । स्थिति नियन्त्रणमा राख्न प्रहरी परिचालन गरिएको छ ।
दुर्घटनाको विस्तृत बिवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।