एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २० :
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सत्ता गठबन्धन टिक्ने कुनै पनि आधारहरु नदेखिएको भन्दै गठबन्धनको अन्त्य निश्चित रहेको बताएका छन् । पार्टीको कार्यक्रममा सहभागि हुन नेकपा एमालेको अध्यक्ष केपि शर्मा ओली आउने कार्यक्रम रहेपनि उनको सट्टामा आइपुगेका पुर्व अर्थमन्त्री समेत रहेका पौडेलले आफुहरु देश र समस्याको निकाश र जनताको विकासका लागि कुनै पनि सहकार्य गर्न तयार रहेको समेत बताए ।

राष्ट्रियसभा अध्यक्षमा कांग्रेसलाई रोक्न माओवादी संग सहकार्य हुन लागेको हो ? भन्ने प्रश्नमा उनले राजनितिमा कुनै पनि अवस्था आउन सक्ने सम्भावना स्वभाविक प्रक्रिया रहेको यद्यपि एमाले पद भन्दा पनि अहिलको समस्याको निकाशलाई प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा पार्टी अध्यक्ष ओली आउने तय रहेकाले नेता कार्यक्रताहरुले ठुलो माला लिएर विमानस्थल पुगेका थिए । तर अन्तिम समयमा ओलीको आगमण रद्द भई पौडेल आएकाले सो मालाले पौडेललाई स्वागत गरिएको छ । देशको अर्थतन्त्र कमजोर हुनुमा कुनै पार्टी र विशेष मन्त्री भन्दा पनि निति र प्रक्रियाको दोष रहेको उनले बताए ।