एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १८ : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अव मधेशमा बन्द, हडताल र घेराउ नगरि काठमाण्डौंमा गरिने बताएका छन् । जनकपुरधाममा पार्टीद्वारा अयोजित पार्टी प्रवेश कार्यक्रममा डा. राउतले मधेशमा भएको आन्दोलन र बन्दले मधेशी जनतालाई समस्या, पिडा र अभाव भोग्न परेको बताउदै त्यो सब काठमाण्डौंमा गरे मात्र प्रभावकारी हुने बताए ।
उनले अगामि जेठ १५ गते काठमाण्डौंमै विशाल आमसभाको आयोजना गर्न लागेको जनाउ दिदै डा. राउतले भने, ‘मधेशमा आन्दोलन र बन्द हडताल हुँदा काठमाण्डौं र राज्य मज्जा लिने काम मात्र गरेको छ ।’ उनले २०७९ को निर्वाचनमा विभिन्न गठबन्धनहरु बन्दा समेत पार्टी राष्ट्रिय पार्टी बन्न सफल भएको बताउदै २०८४ मा मधेश र देशमै कब्जा गर्ने गरि काम गर्न आवश्यक रहेको बताए ।

२०८४ मा त झन बलियो गठबन्धन बन्न सक्छ, उनले थपे, ‘कानुन हातमा लिने, कब्जा गर्न सबै संयन्त्र परिचालन गर्ने हुन सक्छ, तर चिन्दा नगरौं यसपालि कब्जा हुन्छ हुन्छ ।’ उनले वाड वाडमा युवा सेना दस्ताको निमार्ण गरेर मतपेटिकाको सुरक्षाका लागि काम गर्न नेता कार्यक्रताहरुलाई आग्रह गरे । जनमत पार्टीको काम र सक्रियताले अन्य दलहरु, १० पटक प्रधानमन्त्री भएका पार्टीहरु समेत अत्तालिएको भन्दै उनले सक्रियता बढाउन नेता कार्यक्रताहरुलाई आग्रह गरे ।





