एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १५ : लोसपाका धनुषा तथा मधेश प्रदेशका अगुवा नेताहरुद्वारा पार्टी परित्यागको घोषणा गरेका छन् । समाजिक सञ्जालमा एक विज्ञप्ती जारी गर्दै १४ जना नेताहरुले लोसपा सहि तरिकाबाट चल्न नसकेको र नेतृत्व प्रभावकारी नभएको भन्दै केन्द्रिय देखि जिल्ला तहका गरि १४ जना नेताहरुले हस्ताक्षर गरि सामुहिक रुपमा पार्टी परित्यागको घोषणा गरेको हो ।
पार्टी परित्याग गरेकाहरुमा रमण पाण्डे, संजय कुमार सिंह, संजय कुमार चौधरी, कामेश्वर झा सहित १४ जना छन् । केन्द्रिय सदस्य समेत रहेका चौधरीले समाजिक सञ्जालमा सो बारे जानकारी दिदै यसरी लेखेका छन :
प्रेस विज्ञप्ति !
आदरणीय न्यायप्रेमी जनसमुदाय,

हस्तिनापुरको राज्य सभामा जब द्रोपतिको चिरहरण भयो तब कर्ण विवश थिए,भीष्म वचनका कारण मजवुर थिए, कृपाचार्य, द्रोणाचार्य राज धर्मको भुमरीमा घेरिएका थिए जसकारण हस्तिनापुरका अंश र वंश नाश भए । म संजय कुमार चौधरी राष्ट्रिय मुक्ति क्रान्ति मार्फत बहुलराष्ट्रिय राज्यको स्थापनाकोलागि असफल, अक्रमन्य नातावादी, कृपावादी,भविस्यविहिन, अदुरदर्शी, अवसरवादी र विवेकहीन नेतृत्वलाई परित्याग गरि आाजकै दिन देखि केन्द्रीय समितिबाट साधारण सदस्य समेत नरहने गरि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरेको सम्पूर्णमा जानकारी गराउँदछु । जय मधेश । जय स्वदेशवाद ।
