पुरन रौनियार
जनकपुरधाम, फागुन १२ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजामती कर्मचारी र प्रदेश प्रहरी समायोजन ऐन अन्तिम चरणमा रहेको बताउदै आफनै नेतृत्वको सरकारमा यि सबै ऐनहरु पारित गराई संघियता कार्यान्वयनको काम सम्पन्न हुने बताएका छन् । धनुषाको जनकनन्दनी गाँउपालिकाको कठाल र सिरहाको मलहनियालाई जोडने नेपालकै सबै भन्दा लामो झुलंगे पुलको आज समुदघाटन गर्दै प्रधामन्त्री प्रचण्डले प्रदेश सरकारहरुको असन्तुष्टि र संघियता कार्यान्वयनका मुख्य वाँकी रहेका प्रक्रियाहरु निजामती, प्रहरी प्रशासन ऐनहरु टुङ्गो छिट्टै लाग्ने बताए ।
मुख्य सचिव संग आजै भएको कुराकानी उद्दृत गर्दै प्रधानमन्त्री प्रचण्डले मुख्य सचिवले निजामती ऐन पनि अन्तिर चरणमा रहेको सुनाएको बताए । उनले आफु ४० वर्ष अगाडि भुमिगत राजनिति र संगठन बनाउने क्रममा धनुषा र सिरहामा धेरै भुमिगत बसोबास गरेको र कमला नदी दिनरात नभनि तर्ने गरेको स्रमण गर्दै झुलंगेपुल समुदघाटन गर्दै गर्दा अत्याधिक खुसी लागेको पनि बताए । उनले मधेशको जनताको मतबाट सिरहावाट चुवाज जितेर दोस्रो पटक प्रधानमन्त्री बनेपनि धेरै गर्न नसकेको भन्दै अगामि बजेटमा सिरहा र धनुषाको पिडालाई प्राथमिकतामा राखिने बताए ।

त्यस अगाडि बोलेका सो क्षेत्रका सांसद रामकृष्ण यादवले स्थानिय समस्याहरु सुनाएका थिए भने र मधेश सरकारका भौतीक पुर्वाधार मन्त्री कृष्ण यादवले प्रदेश सरकार चलाउन कठिन भइरहेको भन्दै प्रहरी, कर्मचारी, शिक्षा र स्वास्थ्य ऐनहरु कार्यान्वयन गरि मधेशलाई जनंख्याको आधारमा बजेट बिनियोजन गर्न मांग गरेका थिए ।
१५००.४४ फिट लामो करिव ३ हजार ५ सय पदयात्रु एकै पटक बोक्न सक्ने मल्टीस्पाम सो झुलंगे पुल निर्माण कार्यका लागि २ वर्षको समय र ३७ करोड रकम बिनियोजन गरेको भएपनि करिव २८ करोड र १९ महिना छ दिनमै निर्माण कम्पनीले कार्यम्पन्न गरेको भन्दै सो अवसरमा निर्माण सम्मान गरिएको थियो । सो अवसरमा संघिय सरकारकी शहरी विकास मन्त्री सिता गुरुङ्ग, माओवादीका नेता मातृका प्रसाद यादव, मधेश सरकारका राज्यमन्त्री तथा माओवादीका युवा नेता रहवर अन्सारी सहितको उपस्थिती थियो ।

त्यसै गरि प्रधानमन्त्री प्रचण्डले आजै निर्माण भएर भत्किएको कमला पुलको निरिक्षण गर्नुका साथै काम नलागेको सो पुलको विकल्पमा धनुषाको सबैला गरपालिकाको पठेर्वामा अर्को पक्काको कमलापुलको शिलान्यास समेत गरेका छन् ।





