एसपी रिपोर्टर
जनकपुरधाम, माघ २५ : मधेश आन्दोलन र देशको विभिन्न उपलब्धीको आधारका रुपमा भएका विभिन्न संर्घषको केन्द्र समेत मानिएको जनकपुरधाममा हुने भनिएको राजावादी भनिने दुर्गा प्रसाईको बिशाल आमसभा असफल भएको छ । जनकपुरधामको एतिहाँसिक बाह्रबिघ्घा रंगभुमि मैदानको बिशाल क्षेत्रफलमा हुने प्रचारगरिएको बिशाल आमसभामा सहभागिता त जुटेन जुटेन मञ्चका सोफा र कुुर्सीहरु पनि खाली नै देखिए ।
विभिन्न वाहानामा देशका विभिन्न प्रदेश सहित मधेशमा पनि सक्रिय हुन चाहेपनि संघियता र गणतन्त्रको जननी मधेशको राजधानी जनकपुरधाममा प्रसाई र उनको समुहलाई झट्का लागेको छ । मान्छे नजुटने देखेपछि प्रसाई सभामा आएनन् । जनकपुरधाम बस्तीको वाहिर रहेको होटल राजदरबार सम्म आएका प्रसाई बाह्रबिघ्घामा जानै चाहेन ।

पहाडमा देखिएको लोकप्रियतामा पनि आँच आउन सक्ने देखेपछि प्रसाई सभामा नआई टाप कसेको हुन सक्ने आंकलन गरिएको छ । बिशाल भनिएको आमसभामा एक आधसय मात्र त्यसमा पनि जनकपुरधाम बाहिरका अधिकांश महिलाहरु मात्र उपस्थित रहेको खवर पछि प्रसाई जनकपुरधाम प्रवेश नै नगरि सिन्धुली तर्फ हिनेको स्रोतको खवर छ । उनको एक अभियन्ता नरेश साहले उहाँलाई घाँटीमा समस्या रहेकाले पनि आउन समस्या भएको बताए । उनले भने, ‘वहाँ काठमाण्डौं तर्फ लाग्नु भो बाटोमा सिन्धुलीमा पनि कार्यक्रम छ ।’ उनले सहभागिहरुसंग माफी पनि मागे ।

यस अघि जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि उनको समुहले बैंक, लघुवित तथा सहकारीहरुको नितिगत अत्याचार विरुद्व आमसभा गर्ने जानकारी गराइएको थियो ।
यस अघि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, तमलोपा सहितका दलहरुले हाल सम्मको उपलब्धीमा मुख्य भुमिका निर्वाह गरेको मधेशको केन्द्र जनकपुरधामका संविधान विपरित भइरहेको गतिविधी निष्तेज गर्नुपर्ने भन्दै विज्ञप्ती पनि जारि गरेको थियो । उनीहरुले हजारौं सहादत र बलिदानी पछि आएको उपलब्धी समाप्त हुने गरि हुने गतिविधी कम्तिमा मधेश र जनकपुरधामले हाँसी हाँसी हेर्न नहुने चेतावनी दिएका थिए ।

आमसभा असफल भएपछि स्थानिय विषय थपेर भाषणवाजी
आमसभामा दुर्गा प्रसाई नआउने खवर भएपछि सहभागिहरु घर तर्फ लाग्न थालेको देखेर उनको समर्थक र आयोजकका स्थानिय अगुवाहरु जनकपुरधामको अन्य विषयहरुमा भाषण गर्न थाले । तर आफु बैंक, लघुवित तथा सहकारी अत्याचारका पिडितहरुलाई श्रृण आममाफी सहितका लागि भनेर ल्याएको र यहाँ विषयान्तर गरिएको भन्दै सहभागिहरु असन्तुष्टि व्यक्त गरे ।

साधारण सहभागि मात्र नभई आफुलाई अभियन्ता भन्ने जय साहले अनेकन विषयमा आफनो मात्र भाषण ठोक्न थालेपछि आयोजनामा अगुवाई गरेकाहरु पनि मञ्चमा बस्न चाहेनन र रुष्ट भए । सहभागि महिलाहरु सञ्चार माध्यममा आफनो अनुहार देखाउन चाहन्थेन र मुख छोप्ने गरेका थिए । लाग्दथ्यो उनीहरु प्रलोभन वा करचापमा परि आएको जस्तो । अनेकन समस्या र विकासका चित्रहरु सहितको पोष्टरमा आफुलाई अभियानको सारथी भनेर दर्शाएका जय साह आफु अनुकुल मात्र चल्न खोजेकाले सभामा समस्या आएको कतिपयको गुनासो थियो ।


