केपि ओलीको प्रश्न, आफनो मान्छे प्रहरी र कर्मचारीमा कोँच्न पाउनु पर्ने ?


एसपी रिपोर्टर
जनकपुरधाम, माघ २२ : नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेताहरुले प्रहरी मेरै अधिनमा हुनुपर्छ भन्नु गलत रहेको बताएका छन् । महोतरीको जलेश्वरमा पार्टीको एक कार्यक्रममा सहभागि हुन आएका पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले जनकपुरधाम विमास्थलमा पत्रकारहरु संगको कुराकानीमा यस्तो बताएका हुन ।
संविधान अनुसार प्रदेशले आफनो प्रहरी कर्मचारी पाइएन अधिकार छैन काम गर्न अप्ठेरो छ भन्दै हुनुहुन्छ नी ? भन्ने प्रश्नमा उनले प्रदेशमा प्रहरी र कर्मचारी छैन र ? प्रतिप्रश्न गर्दै मैले आफनै मान्छे प्रहरी र कर्मचारीमा कोच्न पाँउ भन्नु गलत रहेको बताएका छन् ।

उनले प्रहरी नेता र मन्त्रीको अधिनमा भन्दा पनि स्वतन्त्र रहनुपर्ने बताए । पुर्वराजाको सक्रियता बारे सोधिएको प्रश्नमा उनले त्यो सक्रियता भन्दा पनि नयाँ पार्टी खोल्ने तयारी गर्न थालेको बताए । एमाले नयाँ सुरु हुन लागेको संसद अधिवेशनमा पास हुन लागेको शान्ति सम्झौता संग जोडिएका ऐनहरुमा अपराधिक घटनाका दोषिहरुलाई उन्मुक्ती दिने गरि कुनै पनि बुदाँ पास हुन नहुने उनले बताए ।

सो क्रममा ओलीलाई धनुषा, महोतरी सहित मधेशका नेता कार्यक्रताहरु स्वागत गर्न विमानस्थल पुगेका थिए ।

