एसपी रिपोर्टर
जनकपुरधाम, माघ ११ : मधेशवाट दुईजना रिक्त हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । अन्य तर्फ नेपाली कांग्रेसका आनन्द प्रसाद ढुगांना र महिला तर्फ जसपाकी पुजा चौधरी जनतमको मत बाहेक गठबन्धन दल आवद्व सबै दलको मत प्राप्त गर्दै निर्वाचित भएका हुन ।
जनकपुरमा निर्वाचन सम्पन्न भएपछि भएको मतगणना परिणाम अनुसार नेता ढुँगानाले कुल १० हजार ८ सय ३९ मतभार (मत) मध्ये ७ हजार ३ सय ७० मत प्राप्त गरी विजयी भएका हुन् । यस्तै, महिला तर्फ जनता समाजवादी पार्टी (जसपा) नेपालकी उम्मेदवार पूजा चौधरी विजयी भएकी हुन् । चौधरीले कुल मत मध्ये ७ हजार ९ सय २३ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।

यस्तै, एमालेको २ हजार ४ सय ८४ मत, जनमतको ८१८ मत परेको हो । महिला तर्फ सूर्य छापको भने २ हजार ४ सय ४६ मत प्राप्त भएको हो । विजयी भएका उम्मेदवार ढुगांनाले मधेश र यहाँका स्थानिय सरकारको अधिकारका लागि राष्ट्रियसभामा लडने भन्दै मधेश सरकारले संविधान अनुरुप माग गरिरहेको प्रदेश प्रहरी र निजामती ऐन कार्यान्वयनका लागि प्रतिवद्व रहने बताए । अर्का निर्वाचित सदस्य चौधरीले पनि आफु स्थानिय र मधेश सरकारको साथले जितेको भन्दै मधेशको स्थानिय र प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन भुमिका खेल्ने बताइन् ।
यस्तो छ प्राप्त मत विभाजन
अन्य तर्फ कुल खसेको १ सय ६ जना प्रदेशसभा सदस्यको मतवाट जसपाले ७६ र एमालेले २५ जनमतले १४ मत पाएको छ भने पालिका प्रमुख र उपप्रमुख तर्फ खसेको कुल २ सय ६७ मत मध्ये कांग्रेसले २०१ एमाले ६१ र जनमतले ४ मत पाएको छ । यस अन्य कोटाको पालिका तर्फको एक मत बदर भएको हो ।

त्यसैगरि महिला तर्फ कुल खसेको १ सय ६ जना प्रदेशसभा सदस्यको मतवाट कांग्रेसले ७६ र एमालेले २५ मत प्र्राप्त गरेको छ यस्मा ५ मत बदर भएको छ । त्यसैगरि पालिका प्रमुख र उपप्रमुख तर्फ खसेको कुल २ सय ६७ मत मध्ये कांग्रेसले २०५ र एमालेले ५९ मत पाएको यस्मा २ मत बदर भएको जनाइएको छ । पालिका तर्फ २ सय ६७ सबै मत खसेपनि महिला कोटा तर्फको मत पेटिकामा २ सय ६६ वटा मत पत्र मात्र प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एकजना मतदाताले मत पत्र आफै संग लिएर गएको देखिन्छ ।
माथी उम्मेदवारहरुले प्राप्त गरेको मत अंकहरुमा प्रदेश तर्फ प्रत्येक मतमा ५३ र पालिका तर्फ प्रत्येक मतमा १९ ले गुणा गर्दा उम्मेदवारहरुले प्राप्त गरेको मतभार (कुलमत) निकाल्न सकिनेछ ।





