एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३ : जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको मुख्य चुनौती भ्रष्टाचार रहेकाले समुन्नतीका लागि सुुशासन अपरिहार्य रहेकाले भ्रष्टाचार अन्त्य गर्ने गरि काम गर्न आग्रह गरेका छन् । मधेश प्रदेश सरकारले प्रदेशको नाम मधेश घोषणा भएको स्मरणमा माघ ३ गतेलाई स्वाभिमानी दिवसको रुपमा मनाएको समारोहलाई सम्बोधन गर्दै मधेश सरकारको नेतृत्वकर्ता दल जसपा नेपालका अध्यक्ष यादवले भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउन आग्रह गरेका छन् ।
मधेश प्रदेश देशको एक मात्र पहिचान र स्वाभिमान सहितको प्रदेश सावित भएको अन्य छ प्रदेश राजा महेन्द्रकै पथ नदी नाला र पाखा पखेरीको पथमा गएकाले मधेश संघियताको जननी र रक्षकका रुपमा समेत स्थापित हुनपर्ने बताए । सो अवसरमा मधेशका मुख्यमन्त्री सरोज कुमार यादव, नेपाली कांग्रेसका मन्त्रीहरु सहित गठबन्धन दल आवद्व पार्टीका मन्त्री र सांसदहरुले आफुहरु पनि मधेश आन्दोलनको अगुवाई गरेकाले मधेश प्रदेश घोषणाको खुसी आफुहरुमा पनि उत्तिकै रहेको बताए ।
कार्यक्रममा बोल्ने क्रममा मधेश सरकारका गृह तथा सञ्चार मन्त्री मो. समिम अन्सारीले आफु पोखरामा ओभरसियर पढिरहँदा मधेशी र धोतीको अपमान सहेकाले मधेश आन्दोलनमा खुलेर लागेको र मधेशको पक्षमा खुलेर लाग्ने बताए । उनले आफुलाई कसैले कारवाही गर्न नसक्ने चुनौती पनि दिए ।

सो अवसरमा मधेश प्रदेश घोषणामा सहयोग र सदभाव राखेका सांसदहरुलाई सम्मान गरिएको थियो । सभालाई गठबन्धन दलका प्रदेशका नेताहरु, मन्त्री तथा पुर्व मुख्यमन्त्री लालबाबु राउत सहितकाले सम्बोधन गरेका थिए ।
