एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३ : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आफनो एक वर्षे कार्यकालको प्रगती विवरण भन्दै १७ पृष्ठ लामो प्रतिवेदन सार्वजानिक गरेको छ । मधेशमा आधा घण्टै पिच्छे स्तरीय जिल्ला अस्पताल सहितको स्वास्थ्य सेवा देखि शिक्षा, समाजिक, पुर्वाधार, सञ्चार र सुरक्षा सहितका विभिन्न पक्षमा सफलता झल्किने एक वर्षे कार्यप्रगती विवरण मुख्यमन्त्री यादवले मधेश प्रदेश घोषणा भएको दिन माघ ३ लाई मधेश स्वाभिमान दिवसका रुपमा मनाउदै सार्वजानिक गरेको हो ।

आफना सरकारका १० जना मन्त्रीहरुलाई छेउमै राखेर पत्रकार र आफना सरकारका अंगहरु समेतको सहभागितामा प्रगती विवरण सार्वजानिक गरेका मुख्यमन्त्री यादवले आफु अझै पनि भ्रष्टाचार हुन नदिएको र बुलेट ट्रेनकै गतीमा काम गरिरहेको दोहराए । उपस्थित सञ्चारकर्मीहरुले राखेको जिज्ञासाहरुको आशिंक जवाफ दिएर स्वाभिमान दिवसको कार्यक्रम रहेकाले जवाफ छोटयाएका मुख्यमन्त्री यादवले साईकल काण्ड र भ्रष्टाचार आफनो सरकारले नगरहेको भन्दै पन्छिए ।
जनमतको विरोधको सामना र आक्रोसित जवाफ
मुख्यमन्त्री यादवले पत्रकारहरुको जवाफ दिईरहँदा जनमत पार्टीको नारावाजी र विरोध सामना गर्नुपरयो । जनमत पार्टीका सचिव विपी साह नेतृत्वको समुहले भ्रष्टाचारी सरकार मुर्दावाद, साइकल चोरलाई कारवाही गर सहितका नारावाजी गरेका थिए । विरोधलाई शान्तिपुर्वक सनेका र सामना गरेका मुख्यमन्त्री यादव प्रदर्शनकारी बाहिरएपछि भने, ‘मेरो सरकारले साइकल काण्ड गरेको हो ?, अनि जनमतको के चाला हो यस्तो ? मेरो सरकार पनि भ्रष्टाचारी हो भने यो सरकारमा किन बस्नु परयो ?’
प्रदेशको नाम मधेश घोषणा भएको दिन माघ ३ लाई स्वाभिमान दिवसको रुपमा मनाइदै





