एसपी रिपोर्टर
जनकपुरधाम, पुष ११ : अपर हाउस भनेर चिनिने राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेस धनुषामा थरिथरिका समितिले नाम सिफारिस गर्दा कांग्रेसको अझै पनि गुट र समुहको झमेला छत्ताछुल्ल भएको छ । एउटै व्यक्तिको नाम विभिन्न पक्षबाट सिफारिस भएको मात्र छैन जिल्ला समिति र क्षेत्रीय समितिले छुट्टाछुट्टै नाम सिफारिस गरेर कांग्रेसको गुटको धरातल छ प्रस्ट पारिदिएको छ ।
गत मंगलवार बसेको नेपाली कांग्रेस धनुषा कार्य सम्पादन समितिको बैठकबाट गत पुष १० गते सर्वसम्मत छ जनाको नाम सिफारिस भएको भोली पल्टै धनुषाको क्षेत्रीय समितिले पनि धमाधम १० जनाको नाम प्रदेश समितिमा पठाइदिएको छ । कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जारी गरेको विज्ञप्तीमा राष्ट्रियसभा सदस्यको दुई सिटका लागि धनुषा कांग्रेसले सिफारिस गरेको छ जनामा धनुषाका पुर्व सभापति महेश शंकर गिरी, राजकिशोर सिंह, राम पल्टन साह, तुल्सा आर्चाय, बासुलाल महतो र अनिता श्रीवास्तव रहेका छन् ।
त्यसको भोली पल्टै ११ गते धनुषा क्षेत्र नं. ४ क्षेत्रीय सभापति कुमरकान्त झाले १० जनाको नाम सिफारिस गरयो जस्मा आनन्द प्रसाद ढुङ्गाना, स्मृती नारायण चौधरी, शिवधारी यादव, बासुलाल महतो, राजकुमार महतो, राजकिशोर सिंह, बजरंग साह, तुल्सा आचार्य, रामबाबु यादव र रामवरण पासवानको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय समितिको सिफारिसलाई जिल्ला सभापति पजियारले विधान विपरित भनेको छ भने अर्को पक्षले बिधान अनुसार जिल्लाले पनि दुईजनाको मात्र नाम सिफारिस गर्नुपर्ने प्रतिकृया समाजिक सञ्जालमा व्यक्त गरिरहेका छन् । यस्ले कांग्रेस भित्रको गुटको राजनितिलाई सतहमा ल्याइदिएको छ भने वास्तिविक कार्यक्रतालाई चिन्तित तुल्याएको छ ।





