एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २० : बैंक तथा वित्तिय सहकारीहरुको लुटविरुद्ध जनकपुरधाममा आम जनता पार्टीले प्रदर्शन गरेको छ । आम जनता पार्टीले बैंक तथा सहकारीको चर्को व्याज असुलीविरुद्ध जनकपुरमा प्रदर्शन गरेको हो । आम प्रदर्शनकारीहरूले जनतालाई सहज कर्जा उपलब्ध गराउन माग समेत गरेका छन् ।
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त र सहकारीहरूको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने तथा किसानहरूलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ । आफ्ना माग पुरा नभए मधेस बन्द गर्नेसम्मको चेतावनी सो पार्टीले दिएको छ ।
आम जनता पार्टी (आजपा)का महासचिव उपेन्द्र साहको नेतृत्व तथा मधेस प्रदेश कमिटीको आयोजनामा भएको विरोध ¥याली जनकपुरधामको बाह्रबिघ्घावाट सुरु भएर जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।


