धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)


एसपी रिपोर्टर
जनकपुरधाम, असोज १६ : नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादको विकल्प नभएको भन्दै पुजीवाद, बेरोजगार र गरिवी अन्त्यका लागि आफनो समाजवादी अभियानमा जुट्न नेता कार्यक्रताहरुलाई आग्रह गरेका छन् ।
पार्टीको मेचि महाकाली समाजवादी जागरण अभियान अन्तर्गत धनुषाको शहिदनगर पुगेका नेपालले सभाहलाई सम्बोधन गर्दै भने, ‘बैदेशिक रोजगारमा हुने पलायको अन्त्य, मिटरब्याज समस्याको समाधान सहित सबै समस्या समाधानको उपाय समाजवाद हो ।’
राम्रो सहभागिताका बिच उनले विभिन्न पार्टी परित्याग गरि आएका स्थानियहरुलाई पार्टीमा स्वागत समेत गरेका छन् । पुर्व प्रधामन्त्री समेत रहेका उनले समाजवादको असली रुप रेखा कमल छाप धारी आफनो पार्टीले मात्र कोर्न र लेख्न सक्ने बताए । देश भरिमै पार्टी प्रतिको उत्साहले आफु खुसी भएको उनको तर्क थियो ।

सो अवसरमा पार्टीका नेता रामचन्द्र झा, सत्रुघन महतो, श्री प्रसाद साह, सुधिर साह, राजकुमार यादव सहितको उपस्थिती थियो । अभियान आजै राती जनकपुरधाम आइपुगेको र भोली महोतरीका लागि प्रस्थान गर्ने पार्टीले जनाएको ।
