एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २६ :
जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य एवम् मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो ।

उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन् । बिहान साढे ८ बजे उनको निधन भएको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक एवम स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामनरेश पण्डितले जानकारी दिए ।

संविधान २०७० को विरोधमा भएको घनघोर आन्दोलन सहितका मधेश आन्दोलनमा आन्दोलनकारीहरुको अग्रपन्तीमा रहेकी विन्दुलाई पार्टीले गत आम निर्वाचनमा सांसद बनायो । यादव समानुपातिक सांसद थिइन् । दोस्रो मधेश आन्दोलनमा पनि उनको सक्रिय र अगुवा भूमिका थियो ।