एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ८ : नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले देशमा विगतका गलत सत्ता शासन र सत्ताको दुरुपयोगका कारण देशमा अहिलेको अवस्था सृजना भएको आरोप लगाएका छन् । शुक्रवार नेपाल वित्तिय संस्था कर्मचारी संघ, ग्रामीण लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रिय समितिको तेश्रो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता कोइरालाले भने, ‘राजनीतिक अस्थिरता र सत्ता शासनको कारणले गर्दा देशको वर्तमान आर्थिक र राजनीतिक अवस्था भयावह भएको हो ।’
देशको अवस्था विषयमा हाल मिडिया र सामाजिक सञ्जालमा आइरहेको सुचना भन्दा पनि फरक र दर्दनाथक अवस्था छ, उनले भने, ‘देशका सत्ता शासनमा बसेकाहरुले जबसम्म भ्रष्टाचार न्युनिकरणकालागि ठोस पहलकदमी लिदैन यस्तै रहन्छ ।’ दण्डहिनता गर्नेलाई कानूनको कठघरासम्म पुरयाएर पारदर्शिता स्वीकार गरी सुशासन कायम नगरे सम्म जनताले नपत्याउने र देश विकास गर्न नसक्ने उनको दावी थियो ।

उनले अमेरिकाले केहि समय अगाडि तयार पारेको प्रतवेदन अनुसार नेपालको डिएफआईको धेरै सम्भावना रहेपनि भ्रष्टाचार, दण्डहिनताको अन्त्य, अपारदर्शिता र नेता तथा कर्मचारीहरुमा इमान्दारिता नआए सम्म ती सम्भावनाहरु साकार हुने सक्नेमा शंका रहेको बताए ।

प्रेस युनियन र कांग्रेस बिचको अपनत्व बढ्छ
नेता डा. कोइरालाले नेपाल प्रेस युनियन धनुषाका प्रतिनिधीहरुसंगको भेटमा अव कांग्रेसमा युनियन र पार्टी बिचको अपनत्व बढने र आपसी समन्वयमा बृद्वि हुने बताए । युनियनका केन्द्रिय उपाध्यक्ष अनिल कुमार कर्ण र पार्टीको केन्द्रिय प्रचार प्रसार तथा सञ्चार विभाग सदस्य सुरेश यादवले पार्टीको नेतृत्वहरुले युनियन भन्दा अन्यत्र ध्यानकेन्द्रिय गरिरहेकाले युनियन बिच्कीने गरेको पार्टीको सहि सुचना प्रभाव हुन नसकिरहेको बताएका थिए ।

जवाफलमा डा. कोइरालाले कमी कमजोरी स्वीकार गरि सच्याउदै अगाडि बढनुको बिकल्प नरहेको बताउदै त्यसका लागि दुवै पक्ष बिच संवाद आवश्यक रहेको बताए । सो अवसरमा युनियनका केन्द्रिय सचिव अजित तिवारी, वरिष्ठ पत्रकार हिमांशु चौधरी, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य रिंकु मिश्र गायत्री, युनियन धनुषाका सचिव हरिवंश यादव, राहुल सिंह सहितको उपस्थिती थियो ।


