एसपी रिपोर्टर
जनकपुरधाम, असार १९ :
धनुषा निर्वाचन क्षेत्र नं. २ मा विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश भएकालाई नेताहरुले स्वागत गरेका छन् । शहिदनगर नगरपालिका को वार्ड न.८ ( नाथपट्टी) मा आयोजित बृहत पार्टी प्रबेश कार्यक्रममा पोलिटब्युरो सद्स्य एवम धनुषा जिल्ला ईन्चार्ज लिलानाथ श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रममा तत्कालीन नेकपा माओवादी (केन्द्र) का नगर अध्यक्ष एवम वडा नं. ८ का वडा अध्यक्ष तनुकलाल कुसैयत यादब, बामपंथी नेता बैधनाथ मण्डल, जग्गननाथ मण्डल, धर्मनाथ यादव, रामखेलाउन मण्डल, सहितको प्रवेश गरेका छन् ।

त्यसै गरि वडा न.९ (गोईठकोयलपुर) बाट काङ्ग्रेस परित्याग गरि दिलिप भरखेर, बिजय कुमार सुनरैत,उपेन्द्र यादब,रिषी सिंह ,राजाराम बरही,अजय श्रीबास्तब, राप्रपा परित्याग गरि शम्भु गोहिबार , एकीकृत समाजबादी परित्याग गरि उपेन्द्र लखनदैई लगायत ७५० जना पार्टी प्रवेश गरेको नेता संजिव कुमार झाले बताएका छन् ।

कार्यक्रममा केन्द्रिय सदस्य झा का साथै जिल्ला अध्यक्ष राजकिशोर यादब, प्रदेश कमिटी सद्स्यद्वय गोपाल मुखिया, उमाशंकर साह, जिल्ला उपसचिव तारा लामा लगायतको उपस्थिती रहेको थियो ।