एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३० : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले पुन: बिश्वासको मत पाउन सफल भएका छन् । मंगलवार आकस्मिक रुपमा बोलाइएको प्रदेशसभा बैठकमा उपस्थित कुल १ सय ३ सांसद मध्ये मुख्यमन्त्रीको बिश्वासको मतको पक्षमा सम्पुर्ण १ सय ३ जना सांसदले मतदान गरेका छन भने विपक्षमा कोहि पनि देखिएन ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले समेत मुख्यमन्त्री यादवलाई मत दिएर मधेशमा नयाँ राजनितिक डिस्कोर्शको सम्भावना खुल्ला गरिदिएका छन् ।





