एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २५ : सत्ताधारी नेकपा माओवादी केन्द्रले निति तथा कार्यक्रम बहिष्कार गर्ने भन्दै विहिवारको प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको छ । निति तथा कार्यक्रम पारित गर्ने कार्यसुचि रहेको आजको प्रदेशसभा बैठक माओवादीले बहिष्कार गर्ने स्रोतले जनाएको छ ।
निति तथा कार्यक्रममा उल्लेखित सर्सत अनुदान र रकमान्तर सहितको बुँदामा हाम्रो असहमती हुँदा हुदै पनि एकलौटी गर्न खोजिएको छ एक नेताले भने, ‘साथीहरुले माओवादीको उपस्थिती र महत्व कम बुझेको जस्तो लागेका छ, हामी तत्काल आजको बैठकमा नजाने भएका छौं ।’ स्रोतका अनुसार पार्टीले निति तथा कार्यक्रमनै बहिष्कार गर्ने तयारी गरिरहेको छ ।
ससर्त अनुदान र रकमान्तरको रकममा १० प्रतिशत कमिशन खाने सर्तमा बजेट एताउती गरेको आरोप लगाउदै माओवादीले आज १ बजे बोलाइएको बैठकमा नजाने भएको छ ।





