एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ६ : नेकपा एसका नेता प्रदेश सांसद रत्नेश्वर लाल गोइतले एमालेबाट आफुहरु विभाजन नभई विद्रोह गरेको बताएका छन् । एकिकृत सरकारी कर्मचारी संगठन नेपाल मधेश प्रदेशको प्रथम अधिवेशनलाई जनकपुरधाममा सम्बोधन गर्दै नेता गोइतले जिवन भरिको पसिना, मेहनत, जवानी र सम्पुर्ण जिवननै संर्घष गरेको पार्टी कसैले विभाजन गर्न नचाहने बताउदै आफुहरु विद्रोह गरेको बताए ।
उनले विद्रोह एकजनाले मात्र पनि गर्न सक्ने र त्यसको पनि अर्थ हुने बताउदै नेकपा एसले धेरै कुरा प्रमाणित गरिदिएकाले अझै घमण्ड नगर्न एमालेका नेताहरुलाई आग्रह गरेका छन् । सो अवसरमा उपस्थित संगठनका नेतृत्वकर्ता अगुवाहरुले नेकपा एस सिद्वान्त र उद्देश्यबाट बिचलित हुन नहुने भन्दै कर्मचारीहरु अठोटका साथ अघि बढन आवश्यक रहेको बताए ।
उनीहरुले हामी सरकारी कर्मचारीहरुलाई जनताले कसरी हेरेको छ भन्ने कुराको हेक्का राखेर काम गर्न आगवश्यक रहेको पनि बताए । अधिवेशनबाट संगठनको मधेश प्रदेश स्तरीय नयाँ कार्यसमिति चयन हुने छ ।





