एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १९ :
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीले फेसबुकमार्फत सभापति लामिछाने र डा. सीके राउतबीच भेटवार्ता भएको जानकारी दिएको छ । उनीहरुबीचको कुराकानीको विषय भने खुलाइएको छैन ।

लामिक्षाने नागरिकता प्रकरणमा सांसद र उपप्रधान तथा गृहमन्त्रीको पद गुमाएपछि देशमा अनेकन चर्चा भइरहँदा डा. राउतले लामिक्षानेलाई भने हिरो भन्दै प्रशंसा मात्र गरेन कम ब्याक भन्दै शुभकामना समेत दिएका थिए । मंगलवारको उनीहरुको भेटलाई सत्ता समिकरणमा अर्थका साथ हेरिदै छ ।