एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १२ :
चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा ५ प्रतिशत कम मत खसे पनि रास्वपा अध्यक्ष रवि लामिछानेले पाएको व्यक्तिगत मत भने बढेको छ । जित सुनिश्चित गरिसकेका लामिछानेले ५४ हजार १ सय ७६ मत पाएका छन् । जुन उनले गत मंसिरको चुनावमा पाएको भन्दा बढी हो । मंसिरमा उनले ४९ हजार ३०० मत पाएका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गत मंसिरमा ६७.६३ पहिला खसेकोमा यसपटक भने ६२.७७ प्रतिशत मत खसेको थियो । चितवन २ को उपचुनावमा कुल १ लाख २४ हजार ६९५ मतदाता रहेकोमा ७८ हजार २७७ मत खसेको थियो ।

उनको निकटका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत पाएका छन भने सोहि क्षेत्रमा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत पाएका छन् ।