एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ९ :
नेकपा एसका सम्मानित नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको कम्युनिष्ठ आन्दोलन केपि शर्मा ओलीले खतम पारेको बताएका छन् । जनकपुरधाममा नेपाल कम्युनिष्ठ पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा नेकपा एस मधेश प्रदेशद्वारा आयोजित नेपाल कम्युनिष्ठ आन्दोलनको उपलब्धी, चुनौती र सम्भावना विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै नेता खनालले एमालेमा सुरु देखिनै गुटबन्दी र पुजीवादको नेतृत्व गरेको ओलीले पार्टी पनि बर्बाद पारेको बताएका छन् ।

मदन भण्डारी फाउन्डेशनको नाममा पार्टी भित्र गुटको र ओलीको व्यक्तिगत स्वार्थपुर्तीको काम मात्र भएको उनको आरोप छ । उनले नेकपा एसको बिचारधारा अपनाउन चाहे मात्र कसैसंग एकता हुने नभए पार्टी एकताको कुनै सम्भावना नरहेको पनि बताए । कार्यगत एकता भने एमाले, जसपा र विप्लव संग पनि हुन सक्ने उनले बताए ।

दुई तिहाई बहुमतको एतिहाँसिक उपलब्धी सम्हाल्न नसक्नु, पार्टी विभाजन मात्र होइन एमालेको पनि अवस्था पनि नाजुक हुदै गएपनि ओलीमा सुधारको संकेत नहुनु एमालेको बर्बादीको संकेत रहेको उनको तर्क छ । २०१७ साल देखि २०२८ साल १० वर्षमा सामन्ती राजाले जनताको हितमा गरेको विकासका काम त्यसपछि कुनै पनि पार्टीले गर्न नसक्दा जनतामा बिचलन आएको कार्यक्रममा पार्टीको मधेश प्रदेश ईन्चार्ज धर्मनाथ प्रसाद साह, नेता सत्रुधन महतो, वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदक अध्यक्ष शितल साह, प्रदेश सांसदद्वय गोविन्द न्यौपाने, लाल गोइत, सुधिर साह, दिपेन्द्र यादव, राजकुमार यादव, सहितको उपस्थिती थियो ।