एसपी रिपोर्टर
जनकपुरधाम, चैत २५ : नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पुर्व गृहमन्त्री बालकृष्ण खाँणले कांग्रेस सभापती देउवा बोल्ने भन्दा गरेर देखाउने व्यक्तित्व रहेको बताएका छन् । महोतरीको जलेश्वरमा पार्टीको महोतरी जिल्ला समितिले विगत १५ दिन देखि गरिरहेको जिल्ला पदयात्राको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले कांग्रेस सभापती देउवाको तारिफ भारतिय नेताहरुले समेत गर्ने गरेको सुनाए ।
उनले भने, ‘भारतका पनि शिर्षनेताहरु भन्नुहुन्छ, देउवा जी बोल्तै नहि के बराबर है लेकिन जो चाहते है नेपालमै वहि होता है’ ।’ भारतिय नेताहरुको देउवा प्रति अपार आदर र सम्मान रहेको उनको भनाई थियो । उनले कांग्रेसको नेतृत्व बिनाको नेपालको कल्पना गर्दा जहिले पनि समस्या उत्पन्न हुने गरेको भन्दै देशको निकास कांग्रेसकै हातमा रहेको बताए । उनले महोतरी समितिले गरेको पदयात्राले कांग्रेसलाई थप मजबुत बनाउन र एक ढिक्का बनाउने राम्रो उदाहरण रहेको बताए ।

कार्यक्रममा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले देउवा नेतृत्वको सरकारले सफल र शान्त रुपमा निर्वाचन गराएर दिदा समेत बामपन्थीहरुले सरकार चलाउन नसकेपछि पुन: देशलाई देउवाले नै निकास दिएको बताए । पार्टीका मधेश अध्यक्ष कृष्ण यादवले मधेशको विकास पनि बिना कांग्रेस नेतृत्वको असफल जस्तै सिद्व भइसकेका भन्दै कांग्रेसले अवसर पाए त्यो पनि सार्थक गरेर देखाउने बताए ।
महोतरीका जिल्ला सभापती नागेश्वर यादवको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसका शेष नारायण यादव सहितका प्रदेश सांसदहरु, मेयर र उपमेयरमा निर्वाचित जनप्रतिनिधीहरु, केन्द्रिय, प्रदेश र जिल्लाका नेताहरुको बाक्लो उपस्थिती थियो ।





