एसपी रिपोर्टर
जनकपुरधाम, पुष २५ : ‘हेर्नोस हामिलाई मुख्यमन्त्री चलाउनु छ, हामि गुट र जाती होइन सहि मुख्यमन्त्री को हुन सक्छ भन्ने हिसावले मतदान गर्छौ ।’ एसपी खवरसंगको कुराकानीमा एक सांसद भनेको कुरा । उनले केन्द्रिय सहमती अनुसार २८ गते मुख्यमन्त्री चयन गर्नुपर्ने समेत भएकाले उम्मेदवार मध्ये मुख्यमन्त्री चलाउन सक्ने कुशल नेतृत्व को हुन्छ ? भन्ने विषय दलको नेता छनौटमा हुनुपर्ने बताए ।
दलको नेतामा हालका नेता तथा मुख्यमन्त्री लालबाबु राउत र निवर्तमान सभामुख सरोज कुमार यादवले मनोनयन दर्ता गराएका छन् । चर्चामा रहेका अर्का उम्मेदवार रामअशषि यादवले अन्तिम समयमा उम्मेदवारी दिएनन । यादव लोसपा छोडेर जसपामा आएका हुन भने राउत जसपाका उपाध्यक्ष समेत हुन ।
२०७४ सालको निर्वाचनमा प्रदेश हाक्नकै लागि राउतलाई प्रदेश सांसदमा लडाइएको थियो र उनले जितेर पहिलो कार्यकाल लगातार पाँच बर्ष मुख्यमन्त्री चलाउने देशकै पहिला मुख्यमन्त्री समेत बन्न सफल भए । राजपामा राजेन्द्र महतोका प्रिय पात्र यादव राजपाबाटै सभामुख बनेपनि जसपा फुटदा महतोको लोसपा छोडेर जसपा तर्फ लागेपछि उनको सभामुख पद बाँचेको थियो । आज साँझ पाँच देखि छ बजे सम्म चुनाव हुने र साढे छ बजे जसपाले नेता पाउने छ ।





