एसपी रिपोर्टर
जनकपुरधाम, पुष १४ : मधेश प्रदेश प्रदेशसभाको नयाँ अधिवेशन आहवान गरिएको छ । मधेश प्रदेशको प्रदेश प्रमुख कार्यालयले प्रदेशसभाको पहिलो अधिवेशन पुष १८ गते आहवान गरेको छ । पुष १८ गते सोमवार दिउँसो १ बजे बैठक आहवान गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव राजेन्द्र पराजुली द्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा मधेश सरकारको गत पुष १४ गतेको मन्त्री परिषदको प्रदेशसभाको अधिवेशन आहवान सम्बन्धी निर्णय भइ आएकाले नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम पुष १८ गते सोमवार दिनको १ बजे प्रदेशसभाको पहिलो अधिवेशन प्रदेश प्रमुखबाट आहवान भएको व्यहोरा उल्लेख छ ।





