एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १५ : मत परिणाम अन्तिम चरणमा पुगेसंगै मधेशमा नयाँ शक्तिका रुपमा उदाएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउत अहिले हरेक मुख्य दल र गठबन्धनको प्राथमिकतामा पर्न थालेको छ । डा. राउत एमालेसंग नजिक रहेको चर्चा रहेपनि उनी पछिल्लो गतिविधीले सत्तामा जान तयार रहेको र सत्तारुढ गठबन्धन संगै अगाडि बढने बताएको सञ्चार माध्यमहरुमा समाचार छ ।
यद्यपि जनमत स्रोतले समाचारमा आएको जस्तो अहिले खासै केहि आधिकारिक निर्णय नभएको छैन । यद्यपि जनताको काम गर्न सरकारमा जाने पार्टीको लाइन रहेको जनाएको छ । स्रोतका अनुसार डा. राउतलाई परराष्ट्र मन्त्रालय दिए उनी आफै सरकारमा पार्टीको नेतृत्व गर्ने नभए सरकारमा अन्य मन्त्री पठाउने छ । परराष्ट्र मन्त्री बनेर देशका लागि पृथक काम गरेर देखाउने योजना डा. राउतको रहेको बताइएको छ ।
डा. राउत र प्रधानमन्त्री शेर बहादुर देउवा बिच भेटवार्ता समेत भएको खवर छ । भेटमा देउवाले सत्तारुढ गठबन्धनमा आउन र सरकार बनाउनमा सहयोग गर्न आग्रह गरेको बताइएको छ । डा. राउतले लोकतन्त्रका लागि आफु हातेमालो गर्न तयार रहेको र पार्टीको संसदिय दल चयन गरि यस विषयमा निर्णय लिने बताएका छन् । भेटमा कांग्रेसका उपसभापती पुर्ण बहादुर खडका र पुर्व उपसभापती विमलेन्द्र निधी समते सहभागि थिए ।





