एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ८ : दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादी नेता रेखा शर्मा विजयी भएकी छिन् । त्यसै गरि एमालेका वरिष्ठ उपाध्यक्ष र अगामि एमालेको नेतृत्वमा हेरिने ईश्वर पोखरेल पनि कांग्रेसका प्रदिप पौडेल संग पराजित भएका छन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी नेता रेखा शर्मा २ सयभन्दा कम मतान्तरले विजयी भएकी हुन् । मतपरिणामको औपचारिक घोषणा भने हुन बाँकी छ । त्यस्तै एमाले महासचिव शंकर पोखरेल दोस्रो स्थानमा रहे । शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार १ सय ८९ मत प्राप्त गरे । दुई नेताबीचको अन्तर १९६ मत मात्र रहेको छ ।
यस पटक दुई दलका महासचिव पराजित भएका छन् । यसअघि लमजुङमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माओवादी महासचिव देव गुरुङलाई पराजित गरेका थिए । पार्टी अध्यक्षको टिका थापेर वरिष्ठ उपाध्यक्ष र महासचिव भएका यिनि तिनै जना भने जनताबाट तिरस्कृत भएका छन् । सम्मानजनक मत ल्याएपनि उनीहरुको संसद यात्रामा भने विराम लागेको छ ।





