एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ७ : मधेश, देश र विदेशको समेत उत्सुकताको विषय रहेकोसप्तरीको निर्वाचन क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्यमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत भारी मतान्तरले निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवलाई १८ हजार ६३ मतको फराकिलो अन्तरले उनि पराजित गरेका हुन् ।

राउतले ३५ हजार ४२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी यादव भने १६ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् । यस्तै पाँच दलीय सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जय प्रकाश ठाकुर ७ हजार ३ सय ४७ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।





