एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ५ : आइतवार भएको मतदानको एक्जिट पोल अनुसार चितवन २ बाट रवि लामिक्षाने विशाल मतान्तरले चुनाव जित्दै छ भने काठमाण्डौं ४ मा गगन थापा र काठमाण्डौं ५ मा प्रदिप पौडेल जितिरहेको सुनेर युवाहरु हौसिएका छन् ।
गगन र प्रदिप पुरानै पार्टी कांग्रेसका नेता भएपनि युवाहरुको ढुकढुकी हुन भने रवि आफनै नेतृत्वमा पार्टी खोलेर पहिलो पटक चुनावी मैदानमा उत्रेका छन् । रविलाई ६३ प्रतिशत जनताले मत दिएको बताए । यस हिसावले रवि विशाल मतान्तरले चुनाव जितिरहेको देखिन्छ ।
उता ललितपुर ३ बाट डा. तोसिमा कार्कीको पनि जित्ने प्रवल सम्भावना छ । तासिमाको उम्मेदवारी खारेजका लागि निर्वाचन आयोगले मुद्दा दायर गरेपनि उनी झनै चर्चित बने चुनाव जित्ने सम्भावना रहेको एक्जिट पोलहरुले देखाइरहेको छ । ३५ प्रतिशत जनताले तोसिमालाई मतदान गरेको खुलाएका छन् । उनीहरु चारजनै संग बहालबाला मन्त्री, दिगज्ज नेताहरु पराजित हुने भएपछि जनता खुसी देखिएका छन् ।
