एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २३ :
धनुषा निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधीसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार पुर्व पत्रकार उमेश साहले जनकपुरधामको उचित विकास र भ्रष्टाचार अन्त्यका लागि उचित उम्मेदवारलाई मतदिन आग्रह गरेका छन् । जनकपुरधाममा निर्वाचन प्रचार प्रसार समिति कार्यालयको समुदघाटन कार्यक्रममा बोल्दै उम्मेदवार साहले जनकपुरधामले अनेकन नेता जन्माए पनि जनकपुरधाम त के जानकी मन्दिर देख्ने पनि कोहि नरहेको गुनासो गरेका छन् ।

उनले भने, ‘दिपावलीका दिन जनकपुरधामवासी अयोध्या पुगेर दिपोत्सव गर्छन तर जानकी मन्दिरमा बत्ति बल्दैन किन ? कस्ले जवाफ दिने ? ।’ जनकपुरधामवासीले आफनो मतको महत्व र उपयोगिता बुझन जरुरी रहेको उनले बताए । कार्यक्रममा बोल्दै उम्मेदवार साहका दाजु जनकपुुरधाम उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष रमेश साहले जनकपुरधाम विमानस्थल स्थापना र निर्माणमा आफनो पुर्खाको लगानी रहेको बताए ।

एयरपोर्ट निर्माणमा मेरा बुवा कांग्रेसको एक सदस्य नाताले भुमिका खेल्नु भयो उनले भने, ‘हामी एयरपोर्ट निर्माणमा जग्गादान र राराब क्याम्पसमा एकलाख ईट्टा सहयोग गरेको परिवारको सदस्य हौं ।’ उनले आफनो परिवारका सदस्य ब्याजमा पैसा लगाएर कमाउने काम कहिल्यै नगरेको भन्दै ईमान्दार परिवारको सदस्य उमेशलाई मतदान गर्न आग्रह गरेका छन् ।’