एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ३ : नेपाली काग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेकपा एमाले लोकतन्त्र र संघीयता विरोधी पार्टी रहेको आरोप लगाउनुभएको छ । बिहीबार जनकपुरधाममा पाच दलीय गठबन्धनले गरेको दीपावली तथा छठ पर्वको शुवाकामना आदानप्रदान कार्यक्रममा नेपाली काग्रेसका पूर्वउपसभापति निधिले यस्तो बताउनुभएको हो ।
उहाँले नेकपा एमाले लोकतन्त्र, संघीयता तथा राष्ट्रियता विरोधी पार्टी रहेको आरोप लगाउनुभयो । उहाँले गठबन्धनका कार्यकर्ताहरूलाई जनता समक्ष पुगेर गठबन्धनका उम्मेदवारहरूका लागि भोट माग्न निर्देशन दिनुभयो । कार्यक्रममा प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ३ का गठबन्धन उम्मेदवार अनिल झाले जनकपुरधामलाई व्यवस्थित गरी हरेक वर्ष करोडौ पर्यटक ल्याउन सकिने बताउनुभयो ।

उहाँले जनकपुरधामको पर्यटन क्षेत्रको विकाश भएपछि बेरोजगारीको समस्या पनि समाधान हुने बताउनुभयो । त्यस्तै, धनुषा क्षेत्र नम्बर ३ (१) का गठबन्धन उम्मेदवार रामसरोज यादवले सत्ता गठबन्धन कायम रहे संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा हुने बताउनुभयो । उहाँले यो गठबन्धनले देशलाई विकाश र समृद्धितर्फ लैजाने बताउनुभयो ।

त्यस्तै, त्यस्तै गठबन्धन धनुषा क्षेत्र नम्बर ३ (२) का उम्मेदवार परमेश्वर साहले यो निर्वाचन अलोकतान्त्रिक प्रवृतिको विरुद्ध लोकतान्त्रिक शक्तिको लडाई रहेको बताउनुभयो । उहाँले धनुषामा गठबन्धनको उम्मेदवारको जित नभए विमलेन्द्र निधिमाथि प्रश्न उठ्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता स्मृतिनारायण चौधरी, गठबन्धनका साझा उम्मेदवार तथा कार्यकर्ताहरूलगायतको उपस्थिति थियो ।





