एसपी रिपोर्टर
जनकपुरधाम, असोज २३ :
नेकपा एमाले मधेश प्रदेशका सचेतक किशोरी साह कमल एमाले परित्याग गरि जनमत पार्टीबाट क्षे त्र नं. १ को प्रतिनिधीसभा उम्मेदवार बन्ने पक्का जस्तै भएको छ । क्षेत्रका जनताले प्रदेशमा पनि टिकट नदिनु नियोजित र अन्याय भएको भन्दै चुनाव लडन साहलाई दबाब दिएपछि उनी जनमत पार्टीबाट मैदानमा उत्रेका हुन ।

पाँच दशक काम गरेको पार्टी प्रदेशसभामा सचेतक हुँदा पनि विश्वास गरेन साहले भने, ‘अन्यायमा परेपछि बैकल्पिक बाटोबाट जनतामा जान खाजेको हुँ ।’ जनताको माया र स्नेहले क्षेत्रमा यसपालि नयाँ आयाम कोरिने उनले दावी छ । क्षेत्र नं. १ को जनता धेरै सचेत र शिक्षित रहेको बताउदै उनले जनताको भावना अनुसार जनताको अदालतमा जान लागेको हुँ ।

धनुषा क्षेत्र नं. १ क बाट प्रत्यक्ष निर्वाचित सांसद साह एमालेबाट प्रतिनिधीसभामा टिकट पाउने रेशमा रहेका थिए तर प्रदेशसभामा पनि अन्तिम समयमा टिकट काटिएपछि उनी जनताको दबाबमा जनमत पार्टीबाट चुनाव लडने निश्चित भएको छ । पार्टी र संसदमा मध्यमार्गी व्यक्तित्व बनाएका उनको क्षेत्रमा पनि राम्रो प्रभाव छ । शान्त, अनुशासित र सरल स्वभावका साह जनतामा राम्रो छाप छोडेका सांसद हुन ।