एसपी रिर्पोटर
जनकपुरधाम, असोज ८ : शनिवार नेकपा एमाले प्रवेश गरेका लोसपाका प्रमुख सचेत उमाशंकर अरगरियाले आत्मामा हात राखेर सोध्दा देशमा सबै भन्दा ईमान्दार नेता केपि ओलीलाई पाएको बताएका छन् । धनुषाको क्षेत्र नं. २ को विदेह नगरपालिकामा पर्ने तिनकौरिया बजारमा एमाले अध्यक्ष केपि शर्मा ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गरेका अरगरियाले केपि ओलीको बिचार र भिजनबाट आफु प्रभावित भएकाले पनि एमाले रोजेको बताए ।
एका समय आफुहरु भ्रममा परेर एमाले मुक्त मधेशको अभियानमा रहेको बताउदै अव एमालेमय मधेश बनाउने उनले बताएका छन् । मधेशी दलहरु १६ वर्षमा २४ पटक फुटेको बताउदै उनले एमालेको स्पष्ट निती, विचार देखेर यो पार्टीमा प्रवेश गरेको बताए । उनले आफु उपर लाग्ने गरेको दल बदलु र एमाले विराधीको आरोपको भ्रममा नपर्न आग्रह समेत गरेका छन् ।
सोहि कार्यक्रममा एमाले प्रवेश गरेकी जसपा सांसद अमृता अग्रहरीले स्व. गजेन्द्र नारायण सिंह पछि आफुलाई मधेशवादी भनेर उदाएका नेताहरु सधै मधेशीलाई ठग्ने गरेको बताएकी छिन । उनले मधेशीको मत लिएर जितेका मधेशी दलका नेताहरु काठमाण्डौंमा गएपछि ऐश मौज आराम र नाताबाद, कृपावाद र परिवारवादमा मात्र रमाउने गरेको आरोप लगाइन ।
कार्यक्रममा एमालेका सचिव रघुविर महासेठ, नेतृ जुली महतो, महेश बस्नेत, किशोरी साह कमल, रामचन्द्र मण्डल, संजिव झा सहितको उपस्थिती थियो ।





