एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ५ :
जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साले मधेशको आर्थिक शहर बिरगंजमा राष्ट्रपतिको पुत्ला दहन गर्दै प्रदर्शनमा उत्रेको छ । प्राप्त खवर अनुसार बिरगंजको मुख्यचौकहरुमा जसपाका नेता कार्यक्रताहरु विरोधमा उत्रेका छन् ।

उनीहरुले राष्ट्रपति विद्या देवी भण्डारीको पुत्ला दहन गरेको छ भन्ने राष्ट्रपति विरुद्व नारावाजी गरिरहेको छ । पुत्लादहनमा प्रहरीले हस्तक्षेप गरेको छ । एता लोसपाले जनकपुरधाममा नेता, कार्यक्रताका साथै नागरिकता विहिनहरुलाई बोलाएर आन्दोलनको रणनिती तयार गर्दैछ भने तमलोपाले राष्ट्रपतिको राजिनामा मांग गरेको छ ।