एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २५ : नेकपा एमालेका सचिव रघुविर महासेठले कांग्रेसरुपी पोखरीमा हाम फालेका माधव कुमार नेपालको पार्टी डुबेर लोप हुने बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनको जनकपुरधाममा आयोजित मधेश प्रदेश कार्यसमितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका महासेठले राजनितिक रुपमा बिचलनमा आइसकेपछि माधव नेपाल कांग्रेसरुपी पोखरीमा डुबेको र अव आएर गाईको पुच्छर समाएर बैतरनी नदी पार गर्ने दाउमा रहेको बताएका छन् ।
महासेठले अगामि मसिंर ४ गते हुने प्रदेश र संघिय निर्वाचनमा नेपालको सबै भन्दा लोकप्रिय पार्टी एमाले भएर आउन लागेको दावी गरेका छन् । कांग्रेस ठुलो र संगठनमुखी पार्टी भएपनि जेनुन नेता भन्दा व्यापारी नेताहरुको पार्टी भएकाले सो कुरा उदाहरण सहित जनतालाई बुझाउनु पर्ने नेताहरुलाई बताए ।

संगठनका अगुवाहरुले मधेशी दलहरुको ज्यादतीका कारण एमालेको शुभेच्छुक संस्था संगठनकर्मीहरु हेपिएर बसेको बताउदै पार्टीले पनि संगठन भित्रका मधेश मुलका कर्मचारीहरुलाई सम्माजनक रुपमा साथमा लिन नसकेको बताए । कार्यक्रममा नेकपा एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव सहित संगठनका केन्द्रिय, प्रदेश र जिल्ला अगुवाहरुको सहभागिता थियो ।


