सोमवार जसपा, लोसपा, जनमत पार्टीका साथै नागरिकता विहीनहरु ठाँउ ठाँउमा प्रदर्शन चर्काएको छ । यसै क्रममा जनकपुरधामको जनक चौकमा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरु राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेहो हो । उनीहरु राष्ट्रपति विद्या भण्डारीविरुद्ध नाराबाजी गर्दै पुतला दहन गरेका हुन । सो क्रममा एकजना सशस्त्र प्रह्रीवलका एक जवानको शरिरमा आगो समेत लागेको छ । उनी सकुशल रहेको बताइएको छ ।
हेर्नोस भिडियो
जसपाका नेता तथा कार्यकर्ताहरु राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा समेत माग गरेका छन् । उनीहरु राष्ट्रपतिले आफनो बिर्सेको बताए । नागरिकताबाट बञ्चित भई दुख भोगिरहेको लाखौं युवाको भविष्य र जीवनको बेवास्ता गर्दै राष्ट्रपतिबाट यस्तो कदम उठाइनु विरोध र खेदजनक रहेको जसपा नेताहरुको भनाई छ ।
विरोध प्रदर्शनमा जसपाका नेताहरु लालकिशोर साह, विष्णुदेव साह, जितेन्द्र यादव, नविन यादव लगायत नेता तथा कार्यकर्ता सहभागी भएका थिए । आइतवार राष्ट्रपतिले दुवै सदनबाट पारित भइसकेको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरि पुन: प्रतिनिधिसभामा फिर्ता पठाएपछि मधेशका चौतर्फी विरोध हुन थालेको छ ।


